



काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदाताबीच सामान्य विवाद चर्किँदा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच हुलदङ्गा भएपछि मतदान प्रक्रिया अस्थायी रूपमा अवरुद्ध भएको थियो । सुरक्षा निकायको सक्रियतापछि अवस्था नियन्त्रणमा आएको छ र अहिले मतदान पुनः सुचारु गरिएको छ ।
सर्लाही



