Logo
१९ वैशाख २०८३, शनिबार

सुदूरपश्चिममा अहिलेसम्म ३९ प्रतिशत मतदान, महिलाको सहभागिता बढी

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०४:०३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा दिउँसो सवा तीन बजेसम्म ३९ प्रतिशत मतदान भएको छ।

१६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा मुख्य निर्वाचन अधिकृतहरूले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ६ लाख ७० हजार ३६५ मतदाताले मतदान गरेका छन्।

प्रदेशभर कुल १६ लाख १७ हजार ६६० मतदाता रहेकोमा महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी देखिएको छ। हालसम्म ३ लाख ६१ हजार ६८९ महिलाले मतदान गरेका छन् भने ३ लाख ८ हजार ६७५ पुरुषले मत खसालेका छन्।

एक जना अन्य लैंगिक पहिचानका मतदाताले पनि मतदान गरेका छन्।

निर्वाचन सुदूरपश्चिम प्रदेश