



कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
बिहान ४ बजेदेखि सुरु भएको मतगणनाको बिहान साढे ७ बजेसम्मको विवरण अनुसार १ हजार ३७३ मत गणना हुँदा रास्वपाले ५९६ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३७१ मत ल्याएको छ।
यसैगरी नेकपा एमालेले २०० मत प्राप्त गरेको छ भने उज्यालो नेपाल पार्टीले १०६ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १०० मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकोमा ६१ हजार ७४ मत खसेको छ। प्रतिनिधिसभा सदस्यका लागि यहाँ १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ४ जना स्वतन्त्र उम्मेदवार छन्।
यस क्षेत्रबाट नेकपा एमालेका तारालामा तामाङ, नेपाल कम्युनिस्ट पार्टीका बिना मगर, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
कञ्चनपुर



