Logo
७ वैशाख २०८३, सोमबार

अमरेशको गृहपालिकाबाट सर्लाही–४ मा मतगणना सुरु

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार १०:०३ मा प्रकाशित

सर्लाही । सर्लाही–४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु गरिएको छ। बिहान करिब सवा १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रारम्भिक चरणमा बलरा नगरपालिका का वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको छ।

उक्त नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अमरेशकुमार सिंह को गृहपालिका हो। यसै क्षेत्रमा नेपाली कांग्रेस का सभापति गगन थापा उम्मेदवार रहेकाले मतगणनालाई विशेष चासोका साथ हेरिएको छ।

सर्लाही–४ मा खसेको मतको गणना जारी रहेको छ।

सर्लाही