Logo
१८ वैशाख २०८३, शुक्रबार

रास्वपालाई १०० सिट, २५ अग्रता, कांग्रेस दोस्रो दल

अक्षरपाटी
२०८२ फागुन २४ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाडाैं। प्रतिनिधिसभाको सम्पन्न निर्वाचनमा आइतबार बिहानसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० स्थानमा जित हासिल गरेको छ। हाल प्रत्यक्षतर्फ २५ स्थानमा रास्वपाकै अग्रता रहेको छ।

दोस्रो स्थानमा भने नेपाली कांग्रेस देखिएको छ। आइतबार बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १५ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ।

नेकपा एमाले भने ७ सिटमा खुम्चिएको छ। हाल एमालेले ४ स्थानमा अग्रता कायम राखेको छ। नेपाली कम्युनिष्ट पार्टीले ५ स्थानमा जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने देशभर १ स्थानमा मात्रै जितेको छ।

देशभरबाट एक जनाले स्वतन्त्र रुपमा जितेका छन भने श्रम सँस्कृति पार्टीले ३ स्थानमा अग्रता कायम राखेको छ। आज अबेरसम्म सबैस्थानकाे मत परिणाम आउने अपेक्षा गरिएको छ।

समानुपातिकतर्फ रास्वपा सबैभन्दा अगाडि देखिएको छ। हालसम्मको गणनाअनुसार रास्वपाले ११ लाख ९५ हजार ५९० मत पाएको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेस छ।

कांग्रेसले ४ लाख ६४० मत पाएको छ भने एमालेको ३ लाख २० हजार ६८५ मत छ। नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ १ लाख ५२ हजार मत पाएको छ । राप्रपाको ८७ हजार मत छ भने श्रम सँस्कृति पार्टीले ४७ हजार मत हात पारेको छ।

निर्वाचन नेकपा एमाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी