Logo
३१ साउन २०८३, आईतबार

गृहमन्त्रीविरुद्ध सर्वोच्चमा रिट, अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस विवाद

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ०२:०३ मा प्रकाशित

काठमाडौं। जाँदाजाँदै सुशीला कार्की नेतृत्वको सरकार विवादमा तानिएको छ।

ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।

अधिवक्ता मनिषकुमार श्रेष्ठ र वासु खडकाले सरकारको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन।

प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरिएको हो।

अधिवक्ताद्वयले दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उक्त रिटको सुनुवाइ आउँदो चैत २५ गतेका लागि पेसी तोकिएको छ।

ओम प्रकाश अर्याल रिट सर्वोच्च अदालत