Logo
१७ कात्तिक २०८२, आईतबार

प्रारम्भिक मतपरिणाममा कांग्रेस ३, एमाले १ स्थानमा विजयी, कांग्रेसको अग्रता

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०७:११ मा प्रकाशित

काठमाडौं ६ मंसिर । हिजोदेखि सुरु भएको मतगणनाअनुासर अहिलेसम्म कांग्रेसले अग्रता लिएको छ।

प्रतिनिधिसभातर्फको मतपरिणाम अनुसार कांग्रेसले ३ र एमालेले १ स्थानमा जित हात पारेको छ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले ४६ र एमालेले ३७ क्षेत्रमा अग्रता लिएका छन्। माओवादी केन्द्रले १२ स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा अग्रता लिइरहेको छ भने एकीकृत समाजवादी ७ र राप्रपा ६ स्थानमा अगाडि छ।

डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्। दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार सगर ढकाल छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस उम्मेदवारभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन्। गोरखा २ मामाओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल अगाडि छन् ।

चितवन दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर घटाएका छन् । काठमाडौंमा क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार प्रकाशमान सिंह झिनो मतान्तरले विजयी भएका छन्। मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। मनाङमा पनि प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

ललितपुरमा एमालले खाता खोलेको छ। ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )