Logo
१८ वैशाख २०८३, शुक्रबार

केएमसीमा युवा रेडक्रसद्वारा रक्तदान, ५३ पिन्ट रगत संकलन

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०६:०३ मा प्रकाशित

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कलको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

क्याम्पस प्राङ्गणमै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

युवा रेडक्रस सर्कल कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष कमल खड्काका अनुसार कार्यक्रममार्फत ५३ पिन्ट रगत संकलन गरिएको छ। 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका अध्यक्ष खड्काले बताए ।

कार्यक्रम सञ्चालनमा जिल्ला रेडक्रस सोसाइटी कैलाली शाखाले प्राविधिक सहयोग गरेको थियो। यस्तो कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा टेवा पुग्नुका साथै युवाहरूमा मानव सेवाको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

युवा रेडक्रस सर्कल कैलाली बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष खड्काले सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

रक्तदान