Logo
१९ वैशाख २०८३, शनिबार

शिक्षा मन्त्री सस्मित बने सरकारका प्रवक्ता

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०५:०३ मा प्रकाशित

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकेको छ।

शपथ ग्रहणलगत्तै बसेकाे मन्त्रिपरिषद बैठकले उनलाई सरकारकाे प्रवक्ता चयन गरेको हो। अब सरकारको नीति, निर्णय र गतिविधिबारे सार्वजनिक जानकारी मन्त्री पाेखरेलले दिनेछन्।

नयाँ सरकार गठनसँगै सञ्चार समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले प्रवक्ताको जिम्मेवारी तोकिएको बताइएको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागनु २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरेसँगै प्राप्त ताजा जनादेशपछि नयाँ सरकार गठन भएको हो।

नवगठित सरकारबाट सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमा हुने अपेक्षा गरिएको छ।

शिक्षा मन्त्री सस्मित पोखरेल