Logo
४ वैशाख २०८३, शुक्रबार

काँग्रेसमा ध्रुबीकरण, खडकाले बोलाए केन्द्रीय कार्यसमिति बैठक

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार १०:०३ मा प्रकाशित

काठमाडाैं। बालेन शाहले सरकार सम्हालेलगत्तै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेकाे विषयलाई लिएर नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शनिबार ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गरेर विराेध गरे।

जुन विषय दोस्रो विशेष महाधिवेशनबाट नेपाली कांग्रेसकाे नेतृत्व सम्हालिरहेकाे सँस्थापन पक्षका लागि टाउको दुखाइ बन्याे। खड्काले विज्ञप्ति जारी गरेपछि गगन थापा नेतृत्वकाे कार्यसमितका पदाधिकारीले त खड्काकाे सदस्यता अध्यावधिक नै नगर्ने सम्म बहस सुरु गरिसकेका छन्।

यहीबेला १४ औं महाधिवशेनबाट निर्वाचित काँग्रेसकाे केन्द्रीय समितिको बैठक बाेलाइएकाे छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा छलफल गर्न कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले नै मंगलबार तत्कालीन केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन्।

यसले विशेष महाधिवेशनपछि चुनावसम्म शान्त देखिएको काँग्रेसमा अब स्पष्ट रुपमा दुई ध्रुब प्रकट भएकाे छ।

नेता खड्कानिकट स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म चल्नेगरि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

गगन थापा नेतृत्वकाे काँग्रेसले लेखक र ओलीकाे पक्राउलाई पर्ख र हेरकाे नीति लिँदै ‘अपराधि नछुटुन, निर्दाेश नफसुन’ काे धारणा सार्वजनिक भएपछि देउवा निकट काँग्रेस भने आक्रामक रुपमा विराेधमा देखिएको छ।

दुई दिनसम्म चल्ने उक्त बैठकले आगामी रणनीति तय गर्ने समेत १४ औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले अक्षरपाटीलाई बताए।

उनले भने, ‘खड्कालाई कसरी निवर्तमान उपसभापति भन्नुहुनछ ? एक पक्षले गरेको मनमर्जीलाई मान्यता दिने हामी को हाे ? विषय अदालतमा छ, अदालतको फैसला नआएसम्म सबैकुरा यथावत रहन्छ। पार्टीको उपसभापतिको हैसियतले पार्टीका क्रियाकलाप हुनु/गरिनु स्वभाविक हो।’

गगन थापा नेपाली कांग्रेस पूर्णबहादुर खड्का