Logo
७ वैशाख २०८३, सोमबार

निजी क्षेत्रले घुस खुवाउन पर्दैन, नियाेजित बेइमानी गरे सरकार निर्मम हुन्छ : अर्थमन्त्री

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमका लागि लाइन लाग्न र थुनिनु पर्ने दिन गएको बताए।

साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीसँगकाे भेटघाटमा उनले यस्तो बताएका हुन्। उनले उद्योगी व्यवसायीलाई अब निर्धक्क भएर लगानी बढाएर रोजगारी सिर्जना गरेर देश बनाउन पनि अपिल गरे।

उनले प्रतिनिधिहरुसँग भने, ‘म घुस खान आएकाे हाेइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज माेडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’

उनले विगतमाजस्तो अब निजी क्षेत्रले दुःख नपाउने र सरकार उद्योगी-व्यवसायीहरुको सहयात्री भएको बताए।

‘अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन’, उनले भने, ‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं। उद्योगी व्यापारी थुनिनु पर्दैन।’

तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि इमान्दार भएका काम गर्नुपर्ने उनले बताए। उनले भने, ‘बेइमानी नहाेस, नहोला भन्ने अपेक्षा पनि छ। नियाेजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम हुनेछाैँ।’

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले नेपाल उद्योग वाणिज्य महासंघ