Logo
४ वैशाख २०८३, शुक्रबार

कैलालीमा ७७ हजार नगदसहित ९ जुवाडे पक्राउ

अक्षरपाटी
२०८२ चैत्र २२ , आईतबार ०७:०४ मा प्रकाशित

कैलाली । कैलालीको टिकापुर नगरपालिका–१, नयाँ टिकापुरस्थित एक खाजा–नास्ता पसलभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ४३ वर्षीय लालबहादुर थापाले सञ्चालन गरेको पसलको कोठाभित्र शनिबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा उनलाईसहित ९ जनालाई नियन्त्रणमा लिइएको हो।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिकापुर बाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट नगद ७७ हजार ७३५ रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पक्राउ