Logo
१७ वैशाख २०८३, बिहीबार

देशभरका मालपोत र नापीमा सूचना दिने र गुनासो सुन्ने अधिकारीको विवरण सार्वजनिक (सम्पर्क नम्बरसहित)

अक्षरपाटी
२०८२ चैत्र २३ , सोमबार १२:०४ मा प्रकाशित

काठमाडाैं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ।

मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो।

नागरिकलाई सहज सूचनाकाे पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोवाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ।

जुन कार्यालयबाट हुने सेवा तथा भूमि सम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको हो।

गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगान सहित विवरण सार्वजनिक गरिएको छ।

साथै सबै कार्यालय प्रमुखहरूलाई समेत सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ।

मातहतका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले निर्देशन दिएको छ।

सूचना अधिकारी

नापी अन्तर्गत

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय