Logo
४ वैशाख २०८३, शुक्रबार

उम्लिरहेका मेरा शब्दहरु

अक्षरपाटी
२०८२ चैत्र २६ , बिहीबार १०:०४ मा प्रकाशित

० जनकराज जोशी

गुम्सिएका मेरा शब्दहरु
केही काँचा,
केही पाका
मनकाे ताउलाेमा उम्लिरहे…!

हर रात सपना बनि
आकाशमा टाँसिएका,
टाँगिएका तारा झैं
त कहिले,
सयपत्री फूल झैं
क्यारीमा मगमगाई रहे…!!

हारेक बिहान शब्दहरु
उज्याला किरण भई..
तेजमा चम्किरहे…!

मध्यान्हका घाममा तातिएर
झुल्सीएका मन
कर्मपथमा
याेद्धा बनि लडीरहें….!

र,
घाम ढले सँगै
गाेधुली साँझमा
फेरि फर्किएर
मनकाे आंगनमा
घाेलमा फर्किएकाे पञ्छी झैं
निढाल थाकेर
शिथिल भएकाेे भारी शरिरझैं…!

पाकेकाे …
पूरा स्वाद,
हाे पूरा स्वाद,
कहिले लिन सकेन
रह्यो सँधै अधकल्चाे…!
कहिल्यै साेच्छु,
कसा थिए तीं शब्द…
जाे जीवनभर ,
मनका ताउलामा,
उम्लीरहे…
त्यसै त्यसै उम्ली रहे,
उम्लीरहे…
भतभती उम्लिरहे,
तर कहिलै पाकेनन्,
कहिलै पाकेनन्…!!!

(कवि : कैलाली हस्पिटलका अध्यक्ष हुन्)

जनकराज जोशी