Logo
३० भदौ २०८३, मंगलबार

सरकारका प्रवक्तासँग २४ करोड बराबरको सम्पत्ति

अक्षरपाटी
२०८२ चैत्र ३० , सोमबार ०६:०४ मा प्रकाशित

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलसँग करिब २४ करोड १६ लाख २७ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ।

सार्वजनिक विवरणमा उल्लेख भएअनुसार मन्त्री पोखरेलको अधिकांश सम्पत्ति बुबा–आमाको नाममा छ। बुबा–आमाको नाममा विभिन्न ७ ठाउँमा करिब २० करोड रुपैयाँ बराबरको घरजग्गा रहेको उल्लेख छ।

त्यस्तै, सुन–चाँदीतर्फ २५ तोला सुन र १०० तोला चाँदी रहेको छ। बुबा–आमाकै नाममा १ करोड ४७ लाख रुपैयाँ बराबरको राष्ट्रिय बचत पत्रसमेत रहेको देखाइएको छ।

बैंक मौज्दाततर्फ भने मन्त्री पोखरेलको आफ्नै नाममा ४ लाख ४७ हजार ९७६ रुपैयाँ छ।

सवारी साधनतर्फ बुबाको नाममा करिब ७० लाख रुपैयाँ मूल्य बराबरको ‘किया निरो’ कार छ भने मन्त्री पोखरेलको नाममा ३९ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको ‘बीवाइडी डल्फिन’ कार रहेको विवरणमा उल्लेख छ।

सार्वजनिक गरिएको विवरणले मन्त्री पोखरेलको व्यक्तिगतभन्दा पारिवारिक सम्पत्ति बढी रहेको देखाएको छ।

सस्मित पोखरेल