



मकवानपुर। एन आई सी एशिया बैंकले मनहरी ८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ वाटर प्युरिफायर जडान गरिएको बैंकले जनाएको छ।
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई वैशाख २ गते आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन्।
बैंकले गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै उनीहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने विश्वास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी जयन्द्र रावलले व्यक्त गरे।
एनआईसी बैंक



