



काडमाडाैं। रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ।
प्रसिद्ध धार्मिक स्थल जलजला आएका तीर्थयात्री चढेको जिप थबाङ र उवाको सिमानामा दुर्घटना भएको हो।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री र एक चालक लिएर जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका १ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घनामा सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
पानी परिरहेकाले सडक चिप्लो हुँदा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो।
उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मीहरू घटनास्थल पुगे पनि कसैलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।
दुर्घटना



