



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले अब १ प्रतिशत मात्रै आयकर तिरे पुग्ने जानकारी दिए ।
हालसम्म एकल व्यक्तिका लागि वार्षिक ५ लाख रुपैयाँ तथा विवाहित व्यक्तिका लागि ६ लाख रुपैयाँसम्मको आम्दानीलाई न्यूनतम आयकर सीमाभित्र राखिएको थियो ।
सरकारले कर प्रणालीलाई थप सहज र राहतमुखी बनाउने उद्देश्यसहित न्यूनतम आयकरको दायरा बढाएको जनाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट भाषण



