Logo
१७ असार २०८३, बुधबार

आजदेखि पेट्राेल २० रुपैयाँ सस्तो, हवाइ इन्धनसँगै डिजेल र मट्टितेलसमेत सस्तियो, के घट्ला महंगी ?

अक्षरपाटी
२०८३ असार १७ , बुधबार १०:०७ मा प्रकाशित

काठमाडाैं। नेपाल आयल निगमले सबै इन्धनको आजदेखि लागू हुनेगरि मूल्य घटाएको छ।

बुधबार बिहानैदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजे, मट्टितेल, खाना पकाउने ग्यास, हवाई इन्धनलगायत सबै पदार्थको मूल्य घटाएको हो।

निगका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँले घटेको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर २६५ अमेरिकी डलर र खाना पकाउने ग्यासको मूलय प्रतिसिलिण्डर १ सय रुपैयाँ घटाइएको हो।

यसका साथै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ कायम भएको छ।

त्यस्तै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ५ सय ६६ डलर तथा आन्तरिकतर्फ प्रतिलिटर २ सय २९ रुपैयाँ कायम भएको छ।

यसअघि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २१५ रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ थियो।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय६० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १८ सय ३१ डलर रहेको थियो।

यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थको मूल्यमा भारी बढोत्तरि भएको थियो। त्यसपछि उच्च दरमा वृद्धि भएको मूल्य मात्रै घटाएको हो।

मूल्य अकासीयसँगै बढेको ढुवानी भाडा, हवाई टिकटको मूल्य र सार्वजनिक सवारी साधनधको भाडा समेत इन्धनको मूल्य सस्तीयसँगै घट्नुपर्ने आवाज उठेको छ।

इन्धन पेट्रोल हवाइ भाडा

ट्रेन्डिङ ( साप्ताहिक )