Logo
३० असार २०८३, मंगलबार

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको निधन

अक्षरपाटी
२०८३ असार ३० , मंगलबार १०:०७ मा प्रकाशित

सर्लाही । सर्लाहीमा आत्मदाहको प्रयास गरेका गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।

गत शुक्रबार दिउँसो आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई तत्काल उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो। उपचाररत अवस्थामै गएराति उनको निधन भएको परिवारले जनाएको छ। उनका बुबा उपेन्द्र मण्डलले छोराको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार आगलागीका कारण मण्डलको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। अत्यन्त गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकको निरन्तर प्रयासका बाबजुद बचाउन नसकिएको हो।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।

आत्मदाह प्रयास्

ट्रेन्डिङ ( साप्ताहिक )