Logo
१८ वैशाख २०८१, मंगलबार

एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई-‘प्रधानमन्त्री भव:’

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०२:११ मा प्रकाशित

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुनस्निर्वाचित भएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

कार्यक्रमका उद्घोषकले तिमल्सिना ज्योषित पण्डित भएको र १० महाविद्याका साधक भएको परिचय खुलाएका थिए । कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा। भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो ।

मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ ।