Logo
३१ भदौ २०८२, मंगलबार

दोलखाका १० मतदात केन्द्रमा आज निर्वाचन

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०७:१२ मा प्रकाशित

दोलखा। निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान गर्दैछ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज चार वटा बुथमा करिब आठ हजार मतदाताले मतदान गर्ने जनाए।

आयोगको मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा मंसि ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो।

आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो।

सोही अनुसार आज यहाँ मतदान हुन लागेको हो।

दोलखा पुन: मतदान