Logo
२१ भदौ २०८३, आईतबार

देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज निर्माण धमाधम

अक्षरपाटी
२०८३ भदौ २१ , आईतबार ११:०९ मा प्रकाशित

नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमाथिका अधिकांश पुल बगाएपछि प्रभावित बनेको नुवाकोटको यातायात तथा आवागमन सहज बनाउन नेपाली सेनाले देवीघाटमा एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ ।

विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा बाढीले क्षति पुर्‍याएपछि नेपाली सेनाको इन्जिनियरिङ फौजले वैकल्पिक आवागमनका लागि एक्रो ब्रिज निर्माण गरिरहेको हो ।

सेनाका अनुसार ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको पुल निर्माण भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका बस्तीमा यातायात तथा आवतजावत सहज हुने अपेक्षा गरिएको छ । सेनाले केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

एक्रो ब्रिज देवीघाट नुवाकोट

ट्रेन्डिङ ( साप्ताहिक )