Logo
१९ असोज २०८३, सोमबार

नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त

अक्षरपाटी
२०८३ असोज १९ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं। नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्।

नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा नवनियुक्त सदस्यहरूले परिषद्को जिम्मेवारी इमानदारी, निष्ठा र गोपनीयताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नर्सिङ क्षेत्रको व्यावसायिक विकास, गुणस्तरीय सेवा तथा परिषद्को नियमन र व्यवस्थापनमा नवनियुक्त सदस्यहरूको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )