


धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत (विषय विज्ञ) समूहबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा १ हजार ४७८ मत प्राप्त गर्दै उनी चौथो स्थानमा निर्वाचित भएका हुन्।
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मिश्र लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय छन्। नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका पूर्वसचिव तथा पूर्वअध्यक्षसमेत रहेका उनले स्वास्थ्य क्षेत्रका समस्या र नागरिकको स्वास्थ्य सेवामा पहुँचका विषयलाई नीतिगत तहमा उठाउने उद्देश्यसहित कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
पेशागत समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै डा. मिश्रले स्वास्थ्य क्षेत्रका अनुभव, विज्ञता र पेसागत सरोकारलाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर पाएका छन्।


