Logo
२६ भदौ २०८३, शुक्रबार

गजल

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

० उषा जोशी

नयाँ वर्ष हजारौं खुसी लिएर आओस्
व्यवस्था सँगै अवस्था फेरिएर आओस्

बध्यताले राहदानी नबेचोस अब कोही
परदेशी खुसीसाथ फर्किएर आओस्

छोरीको पछ्यौरी नच्यातियोस अब यहाँ
आमाको पनि हाँसो फक्रिएर आओस्

छोराहरुको आजादी रोकियोस निश्पक्ष भै
अवसरका ढोकाहरु थपिएर आओस्

खोसियोस चाबी अब चोरका हातहरुबाट
सच्चा सेवक यहाँ छानिएर आओस्

ट्रेन्डिङ ( साप्ताहिक )