Logo
१८ वैशाख २०८१, मंगलबार

सत्ता गठबन्धबीच मिल्यो भागबण्डा, मंगलबार नयाँ मन्त्रीहरूको सपथग्रहण

अक्षरपाटी
२०७९ माघ २ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं २ माघ । करिब पाँच घनटा लामो रस्साकस्सीपछि सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा टुंगिएको छ।

भोलि नै नयाँ मन्त्रीहरुको सपथग्रहण हुने उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले बताएका छन्। यद्यपि उनले मंगलबार मन्त्रीहरुको सपथअघि दलहरुबीच छलफल हुने र औपचारिक जानकारी गराइने बताए।

आज साँझ ५ बजेदेखि करिब ५ घन्टा चलेको बैठकमा कुन दलले कति मन्त्री पाउने भन्ने विषय टुंगिएको बताइएको छ।

मंगलवार १ बजे सपथग्रहण तय भएकोले अब मन्त्रालय बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक नबस्ने लामिछानेले बताए।

मोटामोटी सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ मन्त्रालय पाउने भएको छ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।

राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको स्रोतले जनाएको छ।

सत्ता गठबन्धन