Logo
२१ वैशाख २०८१, शुक्रबार

राज्यका निकाय निरीह बनाइएको छ, कामको प्रतिफल आउन समय लाग्छ : गृहमन्त्री लामिछाने

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०८:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरु निरीह बनाइएको बताएका छन्।

प्रतिनिधि सभको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजसम्म राज्यका निकायहरुलाई निरीह बनाइएकाले त्यसलाई सुधारेर काममको प्रतिफल देखाउन समय लाग्ने बताए।

उनले अभियुक्तलाई समात्न नसकेको आरोप लागिरहेको र आफूले देखे पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए। गलत काम गर्ने जो कोहीलाई आफूले कारबाहीको दायरामा ल्याइछोड्ने समेत प्रतिवद्धता जनाए।

उनले भने, ‘हेर्दै जानुहोला, नतिजा आउने छ। गलत काम गरेका मानि कोही पनि बाँकी रहँदैन। केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको आरोपबारे उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको प्रमाण ल्याए कारबाही गर्ने बताए।

रवि लामिछाने