Logo
२३ वैशाख २०८१, आईतबार

चार सय बोरा युरिया मल बरामद

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार १०:०१ मा प्रकाशित

कावासोती १४ माघ। नवलपुर प्रहरीले अवैधरुपमा ल्याउदै गरेको चार सय बोरा युरिया मल बरामद गरेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने जिल्लाको कावासोती १६ मा ल्याउँदै गरेको युरिया मल बिल नभएको भन्दै प्रहरीले बरामद गरेको हो।

जाँचका क्रममा पश्चिमबाट पूर्व जाँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २२ लाख बीस हजार मूल्य पर्ने युरिया मल बिना बिल कसले कहाँबाट ल्याएको भन्ने खुलेको छैन।

मलसहितको ट्रकलाई आवश्यक कारबाहीका लागि भन्सारमा पठाइएको प्रहरीले जनाएको छ।

बरामद युरिया मल