Logo
१५ असार २०८३, सोमबार

कांग्रेस सभापतिविरुद्धको रिट दर्ता भएन

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०७:०२ मा प्रकाशित

काठमाडौं १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने भन्दै पेस गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरामा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख गर्दै दरपिठ गरेका हुन।

प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएका भन्दै अदालतबाट ब्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रुपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपीठ आदेशमा भनिएको छ।

अधिवक्ता विमल पोखरेलले पेश गरेको रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको हुनाले सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गरिएको थियो।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )