Logo
२४ भदौ २०८२, मंगलबार

‘अम्खरामा पानी’ लिएर आए भिष्म र अस्मिता

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं ८ फागुन। गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतका शब्द तेजश रेग्मीले कोरेका हुन भने संगीत पनि रेग्मीकै छ।

गीतलाई एचबीएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेले अभिनय गरेका छन्।

बन्दे प्रसादले सम्पादन गरेको भिडियो रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।

सिमा रेग्मी भिडियोको निर्मात्री हुन्। पेशाले स्ट्रक्चरल इन्जिनियर र व्यवसायी समेत रहेका गायक अधिकारी हाल अमेरिकामा बस्दै आएका छन्।

यसअघि उनको शब्दमा समावेश ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ।

गीत