Logo
३१ भदौ २०८२, मंगलबार

कैलालीको गौरीगंगामा दुर्घटना, एक जनाको मृत्यु

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार १२:०२ मा प्रकाशित

कैलाली ११ फागुन। कैलालीमा हाइसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

नेपालगन्जबाट धनगढी गइरहेको बा ५ ख ४०३२ नम्बरको हाइसले ठक्कर दिँदा गौरीगंगा नगरपालिका ६, दैदरीका करिब ६० वर्षीय गेरुवा चौधरीको घटना स्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गाडीचालक कोहलपुर नगरपालिका २, बैजनाथका नवीन सिंह र सवारी नियन्त्रणमा लिइएको छ।

घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ।

कैलाली दुर्घटना