Logo
१८ वैशाख २०८३, शुक्रबार

गजल : रातको रुमानी सकिदा

अक्षरपाटी
२०७९ फागुन १२ , शुक्रबार १०:०२ मा प्रकाशित

० उषा जोशी

तिमी आँखामा पानी सकिदा आयौ
फूलको जवानी, सकिदा आयौ

चाँदनी निदाउँदा आकाशको छातीमा
रातको रुमानी सकिदा आयौ

ताराहरु हराउँदा बादलुको घुम्टोमा
गगनको शुहानी सकिदा आयौ

बिपनाले रेटिदा सपनाका पल्लवीहरु
खुसीको कहानी सकिदा आयौ

गगनको सयर गर्नु थियो तिमीसँग
मुलुकमा राहदानी सकिदा आयौ