Logo
६ वैशाख २०८२, शनिबार

गौरीगंगा गोल्डकप चैत २१ गतेदेखि हुने

अक्षरपाटी
२०७९ चैत्र ८ , बुधबार ०७:०३ मा प्रकाशित

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ हुने भएको छ।

‘खेलौँ फुटबल रमेर, फुटबलको संदेश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन, नगर क्षेत्रमा खेलकुदका गतिविधि बढाउने, ब्यावसायिक खेलाडी उत्पादन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताको विजेतालाई ट्रफिसहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।