Logo
१३ कात्तिक २०८२, बुधबार

सौर्य एयरलाइन्सले अब काठमाडौं पोखरा दैनिक चार उडान भर्ने

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं। निजी स्तरको उम्दो कम्पनी सौर्य एयरलाइन्सले अब काठमाडौं पोखरा दैनिक चार उडान भर्ने भएको छ।

आगामी चैत १९ गतेदेखि सौर्य एयरलाइन्सले दिमा चार उडान गर्ने एयरलाइन्सका व्यवस्थापक मुकेश खनालले जानकारी दिए।

आन्तरिक उडान गर्दै आएको कम्मनीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक दिनमा चार उडान गर्ने योजना सार्वजनिक गरेको हो। यसअघि पोखरा रुटमा दैनिक २ उडान मात्रै हुँदै आएको थियो।

पहिलोपटक जेट विमानमार्फत सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ बजे र दिउँसो २ः४० बजे र ३ः३० बजे उठडान तालिका बनाएको खनालले जानकारी दिए।

सौर्य एयरलाइन्सले हाल विराटनगर, भद्रपुर र पोखरामा सेवा दिँदै आएको छ।

सौर्य एयरलाइन्स

ट्रेन्डिङ ( साप्ताहिक )