काठमाडौं। आसन्न उपनिर्वाचनका लागि विभिन्न ३ क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता भएको छ।
हिजो सोमबार भएको उमेदवारी मनोनयमा तनहुँ १, बारा २ र चितवन २ मा गरी ६९ जनाको उमेदवारी दर्ता भएको हो।
निर्वाचन कार्यालयका अनुसरा चितवन २ मा २४ जना, बारा २ मा ३६ जना र तनहुँ १ मा ९ जनाको उमेदवारी परेको छ।
बारा–२ दलका उम्मेदवार १२ जना र स्वतन्त्र २४ जना छन्। बारामा एमालेबाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उमेदवारी परेको छ।
त्यस्तै, तनहुँ–१ मा दलका ९ जनाको उमेदवारी परेको छ। जसमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितले उमेदवारी दर्ता परेको छ।
त्यस्तै, चितवन–२ मा दलका उम्मेदवार १२ जना र स्वतन्त्र १२ जना गरी २४ जनाले उमेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उमेदवारी दर्ता गराएका छन्।
उपनिर्वाचन