काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन्।
विभिन्न मिडियामा काम गर्दै प्रेस युनियनका पूर्वअध्यक्ष समेत भइसकेका पोखरेललाई आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो।
सूचना आयोगका पूर्वआयुक्त पोखरेल खोटाङका स्थायी बासिन्दा हुन्। यसअघि राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा खिला कार्कीलाई नियुक्त गरेका थिए।
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिसकेका छन्।