काठमाडौं। देशको अर्थतन्त्रबारे अनेक अडकलबाजी सुरु भएको छ ।
सरकारमै बसेका कतिपय मन्त्रीले अर्थतन्त्र निकै संकटग्रस्त भएको र कर्मचारीलाई पनि तलब खुवाउने अवस्था नभएको बताइरहेका छन् भने अर्थमन्त्रीले अर्थतन्त्रको अवस्था सन्तोसजनक नभएको भनिरहेका छन्।
प्रधानमन्त्रीले वित्तीय सूचकहरु सकारात्मक भएको बताइरहेका छन्। यी तमाम विषय आइरहेका बेला
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
आज दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलायएको छ। बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्याबारे अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
उनले पत्रकारमाझ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन्।