Logo
२० असार २०८२, शुक्रबार

‘जुनेली रात’मा रोहित र दुर्गाको रोमान्स

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं। रोहितसिंह थापाको स्वर र कल्याण सिंहको संगीतमा ‘जुनेली रात’ सार्वजनिक भएको छ।

अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक थापाले नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर पहिलो सांगीतिक कोसेली ‘जुनेली रात’ सार्वजनिक गरेका हुन्।

गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक थापा र दुर्गा भण्डारीबीचको अनस्क्रिन प्रेम र रोमान्स देखाइएको छ।

मेलवर्नका विभिन्न रमणीय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको सुन्दर दृश्यलाई छायाँकन ग्यान्योनले गरेका हुन्।