पोखरा। गण्डकी प्रदेशमा चार महिना पूरा नहुँदै सरकार परिवर्तन भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।
आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेशमा नयाँ सरकार गठनका लागि आजै दाबी पेस गरिएको थियो।
पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन्।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ। संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट, माओवादीको ८ सीट र स्वतन्त्र सांसद मनाङेले मन्त्री पाण्डेलाई साथ दिएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताए ।
उनले सरकारको नेतृत्व भने आलोपालो हुने बताए । उनले मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि जानकारी गराए।