Logo
१७ असार २०८३, बुधबार

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

अक्षरपाटी
२०८० वैशाख २५ , सोमबार ०७:०५ मा प्रकाशित

काठमाडौं। लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ।

सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले कार्कीको नाम सर्वसहमतिबाट सिफारिस गरेको हो।

कामु प्रधानन्यायाधीश कार्कीलाई सिफारिस गरिएको परिषदका सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीश कार्कीलाई नियुक्त गर्नेछन्। १५ महिनादेखि सर्वोच्च अदालत प्रधानन्यायाधीश विहीन अवस्थामा छ।