Logo
५ भदौ २०८३, शुक्रबार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा दोहोरिए कार्की

अक्षरपाटी
२०८३ भदौ ५ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।

उदयपुरका स्थाई बासिन्दा कार्कीलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए।

उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए।

राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ।

कार्कीले अष्ट्रेलियाको फिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) गरेका कार्कीले त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन्।

उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।

नागरिक लगानी कोष