Logo
२६ वैशाख २०८२, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

अक्षरपाटी
२०८० वैशाख २६ , मंगलबार ०५:०५ मा प्रकाशित

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

उनलाई पाकिस्तानको उच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो। पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको हो।

इमरानका सहयोगी फवाद चौधरीका अनुसार उनी पक्राउ परेको पुष्टि हुन्छ। उनले खानको कार घेरिएको बताएका थिए।

पक्राउ पर्नुअघि खानले भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मेराविरुद्ध कुनै मुद्दा छैन। तर मलाई जेल हाल्न चाहन्छन्। म यसका लागि तयार छु।’