Logo
२७ वैशाख २०८२, शनिबार

जिउँदा सहिद कायस्थको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं। जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ।

दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका ३२ वर्षीय कायस्थको उपचारका क्रममा हिजो साँझ शिर मेमोरियल अस्पताल बनेपामा निधन भएको हो।

कायस्थको असामयिक निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दःख व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना व्यक्त गरेका छन्।

कायस्थको आजै अन्तिम सँस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।