Logo
२ असार २०८३, मंगलबार

बालिका यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ राई गिरफ्तार

अक्षरपाटी
२०८० वैशाख २९ , शुक्रबार ०२:०५ मा प्रकाशित

खोटाङ। आफ्नै फाउन्डेशनमा रहेका बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ परेका छन्।

उनलाई प्रहरीले आज खोटाङको सुभद्रा मदन फाउन्डेशनबाटै पक्राउ गरेको जनाएको छ।

उनीमाथि फाउन्डेशनमा रहेका बालिकामाथि यौन दुव्र्यवहार गरेको मौखिक तथा लिखित उजुरी परेको प्रहरीले जनाएको छ।

७५ वर्षीय राईमाथि बालिकाका संवदेनशील अंग छुने, चलाउने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने र अश्लिल हर्कत देखाउने गरेको आरोप छ।

राई यसअघि पनि मिडियामा प्रस्तुत हुँदा स्वच्छन्द स्वभावमा प्रस्तुत हुने गरेका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )