काटमाडौं। गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले ‘गणतन्त्र विशेष अफर’ ल्याएको छ। यो अफर जेठ १४ गतेदेखि १६ गतेसम्म लगु हुने टेलिकमले जनाएको छ।
अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुनेगरी ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने गरी १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा पाइने छ।
यसका साथै ४९ रूपैयाँमा एक दिनका लागि मान्य हुने १ एमबीपीएस गतिको अनलिमिटेड डेटा र टेलिकमको नेटवर्कभित्र कुरा गर्न १०० मिनेट भ्वाइस पाइने छ।
यो अफर ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर लिन सकिने छ।