Logo
२० पुस २०८१, शनिबार

रोजगार, स्वास्थ्य र शिक्षालाई समेटेर बागमती प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार ०७:०५ मा प्रकाशित

हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल, युवा स्वरोजगारका लागि सीप र बीउपुँजी दिइने, प्रदेश स्थानीय तहको एउटै सन्देश, बाल विवाहमुक्त बागमती प्रदेश लगायत १३० बुँदे नीति तथा कार्यक्रम ल्याएको हो।

सरकाले किसानलाई परिचयपत्रको व्यवस्था गरी व्यावसायिकताको आधार निर्माण गर्ने, एक निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखानाको निर्माण, एक विद्यालय, एक नर्स सबै विद्यालयमा व्यवस्था गर्ने, हाल बन्द रहेको राणाकालीन हेटौँडा काठमाडौँ रोपवे सामान ढुवानीका लागि पुन सञ्चालनमा ल्याउने, सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रूपमा मनाउने कार्यक्रम नीति तथा कार्यक्रममा समेटेको छ।

८५ साल सम्ममा प्रदेशका सबै स्थानीय तहसम्म पुग्न पक्की सडकको स्तरोन्नति गर्ने, प्रदेशका मुख्य सहर र लोक मार्गमा चार्जिङ स्टेसन निर्माण गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनमुखी रहेको सत्तापक्षको दाबी छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परागत र महत्वकांक्षी भएको आरोप प्रतिपक्षले लगाएको छ । सरकारले गर्नै नसक्ने कामलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर जनतालाई झुक्याउन खोजेको उनीहरूको आरोप छ।file:///C:/Users/Admiun/Downloads/plans-and-policy.pdf