Logo
१२ जेठ २०८३, मंगलबार

लोकगायक प्रेमराजको ‘घर हम्रा हुम्ला जुम्लामा’

अक्षरपाटी
२०८० जेठ २० , शनिबार ०३:०६ मा प्रकाशित

काठमाडौं। लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ नयाँ गीत सार्वजनिक भएको छ।

आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र संगीतमा तयार भएको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्।

नयाँ गीतमा शान्तिश्री परियारको समेत स्वर छ। यो गीत जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको छ।

म्युजिक भिडियोमा गायक महतसंग रीना थापा मगरले अभिनय गरेकी छन्। प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोको छायांकन मानकृष्ण महर्जनले गरेका हुन्।

सम्पादनमा मिराज अर्याल र रिमा फिल्म्सले गरेको हो भने रङ्ग संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्।

घर हम्रा हुम्ला जुम्ला गीतका निर्माताहरुमा अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाणविक्रम भण्डारी र गौरिका भण्डारी छन्।