Logo
१० साउन २०८३, आईतबार

कमल मान सिंहको ‘सम्झेर यो मन दुख्छ’

अक्षरपाटी
२०८० जेठ २८ , आईतबार १०:०६ मा प्रकाशित

काठमाडौं २८ जेठ। पपगायक कमलमान सिंहको नयाँ गीत ‘सम्झेर यो मन दुख्छ’ सार्वजनिक भएको छ।

सिंहको नै शब्द, संगीत रहेको गीतमा प्रशान्त मिस्टले फिचरिंग गरेका छन्।

रोमान्टिक शैलीको यस गीतको भिडियोमा दिनेश थापा र पुनमको अभिनय छ।

रोमन मानन्धरको सिनेमाटोग्राफी र विनय कंसाकारको सम्पादन रहेको भिडियोलाई स्वयं सिंहले निर्देशन गरेका हुन्।

२ दशक भन्दा अगाडिदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय पपगायक सिंहका दर्जनौँ गीतहरु सार्वजनिक भइसकेका छन्।