Logo
७ कात्तिक २०८३, शुक्रबार

संसदीय सुनुवाइ नहुँदै कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाशको पत्र

अक्षरपाटी
२०८० जेठ २९ , सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको पत्र थमाइएको छ।

न्याय परिषदले उनलाई आगामी साउन २० देखि अनिवार्य अवकाशको पत्र थमाएको हो।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका कार्कीको संसदीय सुनुवाइ हुन बाँकी नै छ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले जेठ १६ दिएको १० दिनको समय अनुसार उनीविरुद्ध २९ वटा उजुरी परेका छन्।

ती उजुरीमाथि आज सांसदहरूले छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

तर यहीबेला परिषद्का महासचिव मानबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा वैयक्तिक विवरण अभिलेखका आधारमा उनलाई साउन १९ मा ६५ वर्ष पुरा हुने भएकाले उमेर हदका कारण साउन २० देखि अनिवार्य अवकाशमा जाने पत्र थमाएको हो।

पत्रमा भनिएको छ, ‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तिक विवरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०-०४-१९ मा ६५ वर्ष पूरा भई उमेरका कारणले मिति २०८०-०४-२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्याय परिषद ऐन, २०७३ को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु।’

सर्वोच्च अदालत हरिकृष्ण कार्की